काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसरमा नबिल बैंकले सन्तानप्रतिको बुवाको निःस्वार्थ माया, संघर्ष र स्वीकार्यताको भाव समेटिएको भावुक भिडियो सन्देश सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको भिडियोले सन्तानको सफलतामा खुसी हुने, असफलतामा साथ दिने र कठिन परिस्थितिमा भरोसाको आधार बनेर उभिने बुवाको भूमिकालाई प्रस्तुत गरेको छ ।भिडियो सन्देशमा सन्तानका सपनालाई आफ्नो सपना बनाउने, सन्तान लड्दा हात समाउने र आफू थाकेर पनि सन्तानका लागि बलियो भएर उभिने बुवाप्रति सम्मान व्यक्त गरिएको छ ।भिडियोको कथा एक त्यस्ता बुवाको वरिपरि केन्द्रित छ, जसले सुरुवातमा आफ्नो छोरालाई समाजले निर्धारण गरेको ‘सामान्य’ मानकअनुसार हुर्काउन खोज्छन् । तर समयसँगै छोराको व्यवहार र आवश्यकतालाई बुझ्दै उनको सोचमा परिवर्तन आउँछ ।छोरो मानिसहरू घरमा आउँदा लुक्ने, कसैले बोलाउँदा नहेर्ने र भीडभाडमा कान थुन्नेजस्ता व्यवहार देखाउँछ । वरपरका मानिसहरूले त्यसलाई लिएर विभिन्न प्रश्न र सुझाव दिए पनि बुवाले छोराको व्यवहारभित्रको कारण बुझ्ने प्रयास गरिरहन्छन् ।पछि उनका छोरा अटिजम स्पेक्ट्रममा रहेको थाहा हुन्छ । त्यसपछि बुवाको बुझाइ बदलिन्छ । ‘मेरो छोरो अरू बच्चाजस्तो छैन’ भन्ने सोचबाट उनी ‘मेरो छोरो पनि सामान्य बच्चा हो, उसले संसारलाई फरक तरिकाले महसुस गर्छ’ भन्ने निष्कर्षमा पुग्छन् ।ठूलो आवाज असहज लाग्नु, भीडमा असजिलो महसुस गर्नु वा आफ्ना भावना शब्दमा व्यक्त गर्न कठिन हुनु उसको कमजोरी नभई संसारलाई फरक ढंगले अनुभव गर्ने तरिका भएको उनी बुझ्छन् ।भिडियोको मूल सन्देशमा बुवाको सोचमा आएको परिवर्तनलाई देखाइएको छ—सन्तानलाई संसारअनुकूल बनाउनुभन्दा संसारलाई नै सन्तानका लागि सहज र संवेदनशील बनाउनुपर्ने ।छोराले ‘बाबा’ भन्न नसके पनि उसको हात समात्ने स्पर्शले बुवाका लागि त्यही सम्बोधनको अर्थ राख्छ । सन्तानको माया सधैँ शब्दमार्फत व्यक्त नहुन सक्ने तर त्यसको अनुभूति व्यवहार र सम्बन्धमार्फत हुन सक्ने सन्देश भिडियोले दिन खोजेको छ ।बुवाको मुख हेर्ने दिनको अवसरमा सार्वजनिक गरिएको भिडियोले समाजले फरक व्यवहार गर्ने बालबालिकालाई बुझ्न, स्वीकार गर्न र उनीहरूको संसारलाई आफ्नै दृष्टिकोणबाट हेर्न आवश्यक रहेको सन्देशसमेत दिएको छ ।‘हरेक बच्चा फरक हुन्छ । तर हरेक बुवाको माया उस्तै हुन्छ’ भन्ने भावसँगै भिडियोले आफ्ना सन्तानका लागि मौन रूपमा संघर्ष गरिरहेका बुवाहरूप्रति सम्मान व्यक्त गरेको छ ।
बुवाको मुख हेर्ने दिनमा नबिल बैंकको भावुक भिडियो सन्देश- जब छोराले ‘बाबा’ भन्न सकेन


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये
एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको
काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी
