चीन गए प्रधानसेनापति, के के छन् कार्यक्रम ?

भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने बताइएको छ ।

२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।

२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाई गरेका थिए ।

भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कुटनीतिकमार्फत नेपालको परराष्ट्र नीतिलाई समृेत योगदान पुग्ने बताइएको छ ।

उनी भ्रमणमा रहेको बेला बलाधिकृत रथीले केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।

सौजन्य- www.onlinekhabar.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई