बुढानीलकण्ठमा फुटबल रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् र नगरपालिकाबीच सम्झौता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल रंगशाला निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा नम्बर ४ का अध्यक्ष श्रीराम केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बुढानीलकण्ठ नगरपालिका–४, पासिकोटमा फुटबल रंगशाला निर्माण गरिनेछ ।

त्यसैगरी, विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण, विभिन्न खेल गतिविधिमा आपसी सहकार्य तथा बुढानीलकण्ठ नगरपालिकालाई खेलमैत्री नगरपालिका बनाउने अभियानलाई साकार पार्न प्रशासनिक र प्राविधिक सहयोग तथा सहकार्य गर्ने विषयमा समेत सम्झौता भएको छ ।

रंगशाला निर्माणसँगै नगर क्षेत्रमा खेलकुदका पूर्वाधार विस्तार हुनुका साथै स्थानीय खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगिताका लागि थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

सौजन्य- www.ratopati.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा