नर्भिकले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नर्भिकको भदौ २६ गते शुक्रबार आयोजित छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर तथा २२ दशमलव १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुजीँको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरुलाई वितरण गरिने विवरण पत्र स्वीकृत गर्नेलगायत काम कारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको कुल आम्दानी फार्मेसीबाहेक २ अर्ब ८३ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ तथा खुद नाफा ४७ करोड रुपैयाँभन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै फार्मेसीसहित कुल आम्दानी ३ अर्ब  ४७ करोड, कुल खर्च २ अर्ब ९९ करोड तथा खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा माथि रहेको जनाएको छ ।

हस्पिटलको वार्षिक प्रतिवेदनअनुसार नर्भिकले २०८२/८३ मा ओपीडी तर्फ एकलाख ७९ हजार, आईपीडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजारजना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । यस्तै ४१ हजार सेवाग्राहीलाई  अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको छ ।

सौजन्य- www.ratopati.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई