काठमाडौं । हेटौँडाबाट काठमाडौँ आउँदै गरेको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेका अनुसार गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना भएको हो।
काफ्लेका अनुसार ईभीमा आठ जना यात्रु सवार थिए । तीमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेमध्ये एक जनालाई हेटौँडा र तीन जनालाई काठमाडौँ पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।
सडकबाट खसेको ईभी करिब २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।


