सर्वोच्च अदालतमा भदाै ३१ गते बुधबार फेरि आगलागी हुँदा तीनवटा फाँटमा क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। २०८३ भदाै ३१ गते भएकाे आगलागीबाट फाँटभित्र रहेका कम्प्युटर, प्रिन्टर, विद्युतीय तार तथा कार्यालयका फर्निचर जलेका छन्। सार्वजनिक तस्बिरमा कार्यकक्षका केही भाग कालो भएको, तारहरू जलेर छरिएको तथा विद्युतीय उपकरणमा क्षति पुगेको देखिन्छ। आगलागी थाहा पाएलगत्तै अदालत परिसरमा रहेका सुरक्षाकर्मी र कर्मचारीले नियन्त्रणको प्रयास गरेका थिए। आगो अन्य कक्षमा फैलिन नपाउँदै नियन्त्रणमा लिइएको बताइएको छ। घटनामा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। आगलागीबाट अदालतका महत्त्वपूर्ण कागजात तथा मुद्दासँग सम्बन्धित अभिलेखमा क्षति पुगे-नपुगेको विषय भने यकिन हुन बाँकी छ। प्रभावित तीन फाँटको पहिचान र क्षतिको पूर्ण विवरण पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। विद्युत् सर्टबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन। आगलागीको वास्तविक कारण पत्ता लगाउन प्राविधिक परीक्षण तथा क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ। न्यायपालिकाको सर्वोच्च निकायमै पटक–पटक आगलागीका घटना देखिनुले भवनको विद्युतीय सुरक्षा, अभिलेख संरक्षण र आकस्मिक विपद् व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको छ। अदालत प्रशासनबाट घटनाबारे विस्तृत आधिकारिक जानकारी आउन बाँकी छ।


काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स
काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई
