काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दै छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा विशेष गरी अन्तर्राष्ट्रिय सामुद्रिक कानुन र पर्यावरण संरक्षणसँग सम्बन्धित महत्त्वपूर्ण सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।
आजको मुख्य कार्यसूची:
- सामुद्रिक जैविक विविधता सम्झौता पेस:
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि (UNCLOS) अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन्।
- अन्तर्राष्ट्रिय सन्धि-सम्झौतामाथि छलफल:
उक्त प्रस्ताव पेस भएसँगै बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरका सामुद्रिक क्षेत्र (High Seas) मा जैविक विविधताको संरक्षण, स्रोतको न्यायोचित बाँडफाँड र वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी महासन्धिका प्रावधानबारे सांसदहरूले धारणा राख्नेछन्।


