सरकारको आलोचना गरेकै कारण राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका हुन् ?

राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार र समसामयिक राजनीतिक विषयमा टिप्पणी गर्दै आएका दाहाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी परेको छैन। नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दाहाललाई नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार, दाहालविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक र कपोलकल्पित सूचना प्रवाह गरेको आरोपमा उजुरी परेको छ। गिरीका अनुसार, सोही उजुरीका आधारमा गत शुक्रबार काठमाडौं जिल्ला अदालतबाट दाहाललाई पक्राउ गर्न अनुमति लिइएको थियो। दाहाल मोरङमा रहेको जानकारी पाएपछि स्थानीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दाहाललाई सरकारविरोधी अभिव्यक्तिका कारण पक्राउ गरिएको चर्चा भए पनि प्रहरीले पक्राउको औपचारिक आधार सरकारको आलोचना नभई साइबर ब्युरोमा परेको उजुरी र अदालतबाट प्राप्त पक्राउ अनुमतिलाई जनाएको छ। दाहाल एक कार्यक्रमका लागि मोरङ पुगेका बेला बेलबारीबाट पक्राउ परेका हुन्। पक्राउपछि उनलाई साइबर ब्युरोको जिम्मा लगाउन काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। हालसम्म प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दाहालमाथिको आरोप विद्युतीय कारोबार ऐनअन्तर्गतको साइबरसम्बन्धी कसुरसँग जोडिएको छ। यद्यपि उजुरीमा कुन सामग्री, अभिव्यक्ति वा सामाजिक सञ्जाल पोस्टलाई आधार बनाइएको हो भन्ने विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको