काठमाडौंमै नक्कली ३० लाख दिएर १० लाख रुपैयाँ ठगी गर्न खोज्ने दुई जना पक्राउ

काठमाडौं । नक्कली नोट देखाएर बढी रकम दिने प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने र सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार शुक्रबार साँझ ५ बजे काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित फलफूल बजारनजिक पीडितलाई बोलाई १० लाख रुपैयाँ ल्याउन लगाइएको थियो। उनीहरूले पीडितलाई १० लाख रुपैयाँको सट्टामा ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने प्रलोभन देखाएका थिए ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा खटिएको प्रहरी टोलीले बल्खुस्थित फलफूल बजारबाटै लामिछाने र विकलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी