फुलहमसँग बराबरीपछि युनाइटेड अझ दबाबमा

काठमाडौँ — म्याथिस कुन्हाले खेलको अन्त्यतिर गरेको गोलको मदतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । तर यो नतिजाले युनाइटेडका प्रशिक्षक माइकल क्यारेकमाथि अझ बढी दबाबमा रहनेछ ।

क्राभेन कटेजमा भएको खेलमा युनाइटेडलाई जितको आवश्यकता थियो, तर एक अंक बटुल्न सक्नु पनि सफलता जस्तै रह्यो । लिसान्ड्रो मार्टिनेजको आत्मघाती गोलले पछाडि परेको युनाइटेडका लागि कुन्हाले ८९ औं मिनेटमा गोल फर्काएका थिए ।

नयाँ सिजन लिगका पाँच खेलमध्ये युनाइटेड एकैमा मात्र विजयी रहेको छ र अहिले नै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग दस अंकले पछाडि परिसकेको छ । अहिलेका लागि युनाइटेड १२ औं स्थानमा छ ।

फुलहम भने दुई अंकमा पुछारबाट दोस्रो स्थानमा छ ।

News credit:कान्तिपुर

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको