काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको हो । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९७.८२ अमेरिकी डलर र चाँदी ६२.०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट
महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा
