चोलेन्द्र पक्राउप्रति रास्वपा सासंद रञ्जु को टिप्पणी : अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद रञ्जु दर्शनाले पनि पक्राउको कानुनी आधार र प्रक्रियामाथि प्रश्न उठाएकी छन्। दर्शनाले सामाजिक सञ्जालमार्फत कसुर देखिए पक्राउ गर्न सकिने भए पनि पक्राउ गर्दा कानुनी प्रक्रिया र प्रमाणको आधार अनिवार्य हुने बताएकी छन्। उनले आरोप मात्र पर्याप्त नहुने भन्दै कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक रहेको उल्लेख गरेकी छन्। ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ। कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ। आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ,’ उनले लेखेकी छन्।

उनले कानुनको शासनको मूल मर्म नै राज्यले आफ्नो अधिकार प्रयोग गर्दा विधि र प्रमाणको पालना गर्नु रहेको बताएकी छन्। ‘अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ दर्शनाको भनाइ छ। जबरालाई आइतबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले भने उनलाई सुरक्षा जोखिमका कारण टेकु ल्याइएको बताएको छ।  घटनापछि विपक्षी दलका नेता, नागरिक समाज तथा विभिन्न क्षेत्रबाट सरकारको कदमको आलोचना भएको छ। एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईले समेत जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएका छन्।

दर्शनाले जबराको सुरक्षाप्रति पनि राज्य गम्भीर हुनुपर्ने संकेत गर्दै पूर्वप्रधानन्यायाधीशको सुरक्षामा सतर्कता बढाउन आग्रह गरेकी छन्। उनले कुनै पनि समूह वा व्यक्तिबाट धम्की आउन नदिन राज्य संयन्त्र सचेत हुनुपर्ने बताएकी छन्। रास्वपाभित्रैबाट सरकारका कतिपय निर्णय र गतिविधिमाथि प्रश्न उठ्न थालेका बेला दर्शनाको यो अभिव्यक्तिलाई सरकारको कदमप्रति पार्टीकै सांसदबाट आएको सार्वजनिक असहमतिको रूपमा हेरिएको छ। यसअघि पनि उनले सरकारका गलत कामको विरोध गर्दै सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएकी छन्।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको

काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति