बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा

१५ असोज, काठमाडौं । पाकिस्तान एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत पदक पक्का गरेको हो । वर्षाले भिजेको मैदानका कारण खेल समयमा सुरु हुन सकेको थिएन । ढिला सुरु भएपछि १३ ओभरको खेल तय भएको थियो । बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा पूरा गर्‍यो । अब्दुल समद ३० रनमा नटआउट रहे भने हसन नवाज २७ रनमा नटआउट रहे । बंगलादेशका महेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान र रिशाद होसेनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो । तोहिद रिदोएले सर्वाधिक ४२ रन बनाए । सेफ हसनले १९ तथा मोसदेक हुसेनले ११ रन बनाए । पाकिस्तानले अब स्वर्ण पदकका लागि भारत र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ । बंगलादेशले कांस्य पदकका लागि भारत र श्रीलंकाबीच पराजित हुने टोलीसँग खेल्नेछ ।

News Credit :onlinekhabar.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७

निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन भएको छ । शुक्रबार बसेको

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरू