अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित

अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४ हजार कामदारले रोजगारी गुमाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावीसभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले स्थानीय श्रमिक समुदायमा चिन्ता बढाएको छ । दक्षिण–पश्चिमी ओहायोस्थित पूर्वनाभिस्टार ट्रक कारखानामा बुधबार कर्मचारी कटौती गरिएको हो । यसबाट डेटन क्षेत्रको रोजगारीमा उल्लेखनीय असर परेको बताइएको छ ।

रोजगारी गुमाउनेमध्ये ३० वर्षीय काइल बोस पनि छन् । उनका दुई छोरी छन् भने अर्को बच्चा जनवरीमा जन्मिने तयारीमा छ । बोसले परिवारको दैनिक खर्च व्यवस्थापन गर्न अहिले पहिलेभन्दा कठिन भइरहेको बताएका छन् । उनका अनुसार खाद्यान्नलगायत दैनिक आवश्यक वस्तुको मूल्य पनि बढेको छ ।

बोसले यसअघि तीनपटक डोनाल्ड ट्रम्पलाई मतदान गरेका थिए । तर, पछिल्लो अवस्थाबाट आफू निराश भएको उनले बताएका छन् । देशमा राजनीतिक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । आगामी नोभेम्बरमा हुने चुनावमा बोस डेमोक्र्याटिक पार्टीका लागि मतदातासँग सम्पर्क गर्ने अभियानमा सहभागी हुने तयारीमा छन् ।

यसैबीच, ट्रम्पले शनिबार सोही क्षेत्रमा चुनावी सभा गर्दै छन् । आगामी चुनावमा श्रमिक वर्गको समर्थन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । कुनै समय उद्योग र रोजगारीका लागि प्रसिद्ध डेटन क्षेत्रमा अहिले रोजगारी घट्नु र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नुले स्थानीय परिवारमाथि आर्थिक दबाब बढाएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई