‘खानै नमिल्ने चिउरा’ बाँडेको भन्दै हिलटप जुनार सहकारीको साधारण सभामा हंगामा

काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा म्याद गुज्रिएको चिउरा उपहारका रूपमा वितरण गरेको पाइएपछि विवाद भएको छ। चिउरा म्याद गुज्रिएको थाहा पाएपछि शेयर सदस्यहरूले सभास्थलमै विरोध जनाएका थिए।राजधानीको कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजित साधारण सभा सकिएपछि सहकारीले शेयर सदस्यलाई खाद्य सामग्रीसहितको उपहार वितरण गरेको थियो। सोही क्रममा वितरण गरिएको चिउराको म्याद गुज्रिएको भेटिएपछि शेयर सदस्यहरूले होहल्ला गरेका थिए।विवाद भएपछि नजिकैको प्रहरी प्रभागबाट प्रहरी टोली सभास्थल पुगेको थियो। सहकारीले चिउरा साटिदिने सहमति गरेपछि विवाद साम्य भएको बताइएको छ।

सहकारीकी सचिव किरण मोक्तानका अनुसार चिउराको म्याद १२–१३ दिनअघि नै सकिएको रहेकाले सामान्य विवाद भएको हो। उनका अनुसार सहकारीले चिउरा खरिद गरेर ल्याएको थियो र वितरण गर्नुअघि म्याद जाँच गरिएको थिएन।उनले सबै शेयर सदस्यलाई म्याद गुज्रिएको चिउरा साट्न आउनका लागि म्यासेज पठाइसकेको बताइन्।
यस्तै, सहकारीका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले पनि चिउराको म्याद सकिएको स्वीकार गर्दै फिर्ता ल्याउन भनिसकेको बताए। उनका अनुसार करिब ६–७ सय प्याकेट चिउरा ल्याइएको थियो।

यसअघि सहकारीले साधारण सभामा शेयर सदस्यलाई उपहारस्वरूप नगद दिने गरेको थियो। सरकारले नगद वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्रीसहितको उपहार वितरण गरिएको सहकारीले जनाएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई