महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी डिनाले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन लागेकी हुन् ।

उनले आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेको बताइन् । ‘मैले डिक्लिएर गरिसकेँ । म महामन्त्रीमा उम्मेदवारी दिँदैछु,’ उनले भनिन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । कांग्रेसका अनुसार सोमबारदेखि बन्दसत्रसँगै निर्वाचनसम्बन्धी कार्यक्रमसमेत सुरु हुँदैछ ।

डिना यसअघि पूर्वसभापति शेरबहादुर देउवा समूहमा थिइन् । संस्थापन पक्षको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिनअघि मात्रै उनी संस्थापन पक्षमा प्रवेश गरेकी थिइन् ।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँगै डिनाको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको समीकरण थप रोचक बनेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई