बुढानीलकण्ठको भाडाको घरमा सुन प्रशोधन : करिब २२ किलो सुन बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–चपलीस्थित एक भाडाको घरबाट प्रहरीले करिब २२ किलो सुन बरामद गरेको छ।

धुलो सुन प्रशोधन गरी ढिक्का बनाउने गरिएको भनिएको उक्त घरबाट तीन चिनियाँ नागरिक र एक नेपाली महिलासहित चार जना पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार गरेको कारबाहीका क्रममा सुन बरामद गरेको हो। प्रारम्भिक विवरणअनुसार घरमा धुलो सुन प्रशोधन गरी ढिक्का बनाउने काम हुँदै आएको थियो।

प्रहरीले उक्त घरबाट ढिक्का बनाइसकिएको अवस्थामा करिब पाँच किलो सुन र बाँकी धुलो सुन बरामद गरेको बताइएको छ। बरामद सुनको वास्तविक तौल यकिन गर्ने काम भइरहेको छ।

प्रारम्भिक विवरणमा बरामद सुनको परिमाणबारे एकरूपता छैन। कतै २१ किलो र कतै २२ किलो उल्लेख गरिएकाले प्रहरीले आधिकारिक रूपमा तौल पुष्टि गरेपछि मात्रै यकिन परिमाण खुल्नेछ।

सुन कहाँबाट ल्याइएको थियो, प्रशोधनपछि कहाँ पठाउने गरिएको थियो र यसमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरूको विस्तृत परिचय र उनीहरूको भूमिकाबारे भने आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे थप जानकारी दिन शुक्रबार दिउँसो १ बजे टेकुमा पत्रकार सम्मेलन गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा बरामद सुनको यकिन परिमाण, पक्राउ परेका व्यक्तिहरूको विवरण र अनुसन्धानबाट खुलेका तथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई