बिमस्टेकको बैठकमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गृहमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । भोलिदेखि नयाँ दिल्लीमा हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन उनी सोमबार भारत गएका हुन् । गृहमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

बैठकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् । गृहमन्त्रीस्तरीय बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक हुनेछ । सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकमा गृहमन्त्रीहरूको बैठक पहिलोपटक हुन लागेको हो ।

‘विभिन्न समयमा गृह सचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका विषयमा गृहमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ,’ बैठकबारे जानकार एक अधिकारीले भने । ३०–३१ अगस्ट २०१८ मा काठमाडौंमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई