उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा, तीव्र गतिमा चलाउने मात्रै ११५ जना

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनलाई एकै दिन कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९९ र सीसी क्यामरामार्फत पहिचान भएका ४० सवारीसाधन कारबाहीमा परेका छन् ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार रातो बत्ती उल्लङ्घन गर्ने ३७ र तीव्र गतिमा सवारी चलाउने ११५ चालक पनि कारबाहीमा परेका छन् ।त्यस्तै, हर्न निषेधको उल्लङ्घन गर्ने नौ, लेन अनुशासन पालना नगर्ने दुई र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने सात सवारीसाधनलाई कारबाही गरिएको छ । अन्य कसुरमा १६१ सवारीसाधन कारबाहीमा परेको कार्यालयले जनाएको छ ।ट्राफिक प्रहरीले दसैँको समयमा सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि निगरानी बढाउँदै कारबाही गर्दै आएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई