असोज मसान्तभित्र विवरण बुझाउने कम्पनीको पुराना सबै कर र जरिवाना पूर्ण मिनाहा

आगामी असोज मसान्तभित्र वार्षिक विवरण बुझाउने कम्पनीको सबै कर र जरिवाना मिनाहा हुने भएको छ । अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ ले यस्तो व्यवस्था गरेको हो ।

सोहीअनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयले गर्दै आर्थिक वर्ष २०८२–०८३ को वार्षिक विवरण असोज मसान्तभित्र बुझाई कर, शुल्क, दस्तुर र जरिवाना मिनाहाको लाभ लिन आग्रह गरेको छ ।

कार्यालयका अनुसार विधेयकमा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले तोकिएको म्यादभित्र विवरण पेश तथा अद्यावधिक नगरेको र कर, शुल्क, दस्तुर, जरिवाना नबुझाएको भएमा कारोबार जारी राख्न वा दर्ता खारेज गर्न असोज मसान्तभित्र विवरण बुझाए सबै कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था छ ।

कार्यालयले भनेको छ, ‘आव २०८२–०८३ को लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण ०८३ असोज मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर वा जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक विवरण असोज मसान्तभित्र पेश गरी कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहाको लाभ लिन यो सूचना प्रकाशन गरिएको छ ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। प्रवासबाहेक पहिलो

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । संघीय संसद

काठमाडौं । मनसुनजन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले