नियुक्तिको विरोधमा आन्दोलन चर्किएपछि अकरम खाँसहित दुई जना पक्राउ

बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति खारेजीको माग गर्दै आन्दोलनरत ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अकरम खाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।गएराति सुतिरहेको अवस्थामा लुम्बिनी पर्साचोकस्थित घरबाटै ६१ वर्षीय खाँ र लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको महाअभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरेकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ ।महाअभियानले आनीको नियुक्ति बदर गरी कोषमा स्थानीय योग्य व्यक्तिलाई ल्याउनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनका क्रममा सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा पर्यटनमन्त्री गणेश पौडेलको पुत्लासमेत दहन गरिएको थियो ।

आवेदन नै नदिएकी आनीलाई नियुक्ति गरिएको भन्दै महाअभियानसँगै कपिलवस्तु तिलौराकोट संघर्ष समिति, लुम्बिनीका प्रदेश सांसद तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले कडा विरोध जनाएका छन् । विरोधकर्ताहरूले आनीको नागरिकता प्राप्ति प्रक्रिया तथा हङकङबाट प्राप्त रकमको वैधता र पारदर्शितामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् ।यसैबीच, शान्तिपूर्ण आन्दोलनमा रहेका आफ्ना नेताहरूलाई मध्यरातमा पक्राउ गरिएको भन्दै महाअभियानले उनीहरूको निःशर्त रिहाइको माग गरेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई