इजरायलमा आज मंगलबार आम निर्वाचन हुँदैछ । निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता कायम रहने वा नयाँ सरकार गठन हुने भन्ने टुंगो लगाउनेछ ।करिब १७ वर्षभन्दा बढी समय प्रधानमन्त्री भइसकेका नेतान्याहुलाई यसपटक पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, पूर्वसैनिक प्रमुख गादी आइजेनकोट र पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यानलगायत नेताले चुनौती दिएका छन् ।
हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणमा सुरक्षा कमजोरी, भ्रष्टाचारसम्बन्धी आरोप र गाजामा युद्धका विषय नेतान्याहुका लागि प्रमुख चुनौती बनेका छन् । गाजामा युद्धसँग सम्बन्धित कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ ।
इजरायली संसद् नेसेटमा १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीचको गठबन्धन निर्णायक हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाउँदै आएका नेतान्याहुको राजनीतिक भविष्य निर्वाचन परिणाम र गठबन्धनको अंकगणितमा निर्भर रहनेछ ।


