काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत भोलि हुने खेलका लागि युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विराटनगर किङ्सलाई जितको शुभकामना व्यक्त गरेको छ ।
विराटनगर किङ्सको आधिकारिक बीमा साझेदार रहेको कम्पनीले प्रत्येक बल, प्रत्येक बाउन्ड्री र खेलका हरेक रोमाञ्चक क्षणमा टोलीको साथमा रहेको सन्देश दिएको छ ।कम्पनीले विराटनगर किङ्सलाई उच्च आत्मविश्वास, दृढ संकल्प र उत्कृष्ट प्रदर्शनका साथ मैदानमा उत्रिन शुभकामना दिँदै हरेक क्षणलाई उपलब्धिमूलक बनाउन प्रेरित गरेको छ । टोलीको सफलताप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले खेलप्रतिको उत्साह र समर्थनसमेत व्यक्त गरेको छ ।


