निजामती सेवाबाट बाहिरिने बढे, तीन महिनामा ४६४ कर्मचारीले दिए राजीनामा

काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएयता तीन महिनाको अवधिमा चार सचिवसहित ४६४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती)का अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित दुवै श्रेणीका कर्मचारीले राजीनामा दिएका हुन्।किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्।

राजपत्राङ्किततर्फ चार सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृतले राजीनामा दिएका छन्। त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरिदार तथा नायब सुब्बा र १२० जना श्रेणीविहीन कर्मचारीले पदबाट राजीनामा दिएका छन्।सरकारले प्रतिनिधिसभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा विधेयक कार्यान्वयनमा आउँदा पहिलो पटक ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएपछि कर्मचारीहरूले राजीनामा दिने क्रम बढेको हो।

यद्यपि, राजीनामा पत्रमा कर्मचारीहरूले घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ।किताबखानाका अनुसार राजीनामा दिएका सबै ४६४ कर्मचारीको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई