१५ वर्षपछि सञ्चालनमा आउँदै कमला पुल, मन्त्री लम्सालले दिए यस्तो आश्वासन

सिरहा । लामो समयदेखि रुग्ण बनेको सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिरको पहिलो साताभित्र सञ्चालनमा ल्याइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत पुल निर्माणको कार्य तीव्र गतिमा अघि बढेको जानकारी दिँदै निर्धारित समयमै यातायात सञ्चालनमा आउने दाबी गरेका छन् ।

पुल निर्माणमा भइरहेको ढिलाइ र स्थानीय बासिन्दाले भोग्दै आएको सास्तीबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री लम्सालले निर्माणको पछिल्लो अवस्थाबारे भिडियो सार्वजनिक गर्दै स्पष्टीकरण दिएका हुन् ।मन्त्री लम्सालका अनुसार पुलका बाँकी तीन स्पानमध्ये पहिलोको स्ल्याब ढलानको काम सम्पन्न भइसकेको छ भने बाँकी दुई स्पानको स्ल्याब कास्टिङ आगामी पाँच दिनभित्रै सक्ने कार्यतालिका छ । पुल निर्माणसँगै नदी नियन्त्रणको कार्य पनि सँगसँगै अघि बढाइएको उनको भनाइ छ ।

‘१५ वर्षदेखि रुग्ण बनेको आयोजनाको सञ्चालन हाम्रो उच्च प्राथमिकतामा छ,’ मन्त्री लम्सालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।सिरहा र धनुषालाई जोड्ने यो महत्त्वपूर्ण पुल दशकौँदेखि अधुरो रहँदा दुवैतर्फका स्थानीय बासिन्दा, बिरामी, विद्यार्थी तथा व्यापारीहरूले आवातजावतमा सास्ती व्यहोर्दै आएका छन् । मन्त्रीको नयाँ दाबीसँगै अब भने स्थानीयमा पुल सञ्चालन हुने अपेक्षा जागेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई