काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रणमा राखेको छ।बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौँ पठाएको थियो। प्रहरी स्रोतका अनुसार दुवैलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राखिएको छ।सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सुनकोसी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।राष्ट्रिय गौरवको उक्त आयोजनाको ठेक्का एकपटक रद्द भएपछि पुनः प्रक्रिया अघि बढाइएको थियो। नयाँ प्रक्रियामा तीन चिनियाँ कम्पनी योग्य ठहरिएका छन्। ती कम्पनीको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने मिति तय गरिएको थियो।


काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स
काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई
