विकास बैंकर्सको नेतृत्व थकालीलाई, नौ सदस्यीय कार्यसमिति निर्विरोध

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन् । यही १३ कात्तिकमा सम्पन्न एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि थकालीलाई सो पदमा  चयन गरेको हो ।नवनिर्वाचित अध्यक्ष थकाली कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ । यसअघि एसोसिएसनको कार्यवाहक अध्यक्ष रहेका थकाली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्विरोध चयन भएका छन् ।वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् ।

DBAN-1793355511.jpg

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई