काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा पंखा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा परी एक विदेशी नागरिकको मृत्यु भएको र अर्का घाइतेलाई उपचारका लागि तयारी भइरहेको पुष्टि गरेका छन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको र थप उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् ।


