काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर केसीलाई आजै महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
आजै गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।यससँगै, सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।


