लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार जनकपुर बोल्ट्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४९ रन बनाएको हो ।

डार्सी शट खेलको पहिलो बलमै आउट भए पनि लुम्बिनी चुनौतीपूर्ण स्कोर बनाउन सफल भएको हो । ललित राजवंशीको पहिलो बलमा शटले राहुल यादवलाई क्याच दिन पुगे ।

अर्का ओपनर आसिफ शेख २१ रन बनाई आउट भए । उनले २१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । हरमितको बलमा एलबीडब्लु आउट भए । तर आसिफले ‘डिसिजन रिभ्यु सिस्टम’ लिएनन् । तर त्यसमा बलले स्टम्प नलागेको देखाएको थियो ।

निरोशन डिकवेलाले २७ रन जोडे । उनले २७ बल नै खेल्दै २ चौका र १ छक्का प्रहार गरे । दिलीप नाथले २५ रन बनाए । उनले १६ बल खेली समान २ चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

जनकपुरले सुरुको १६ ओभर स्पिनर लगाएपछि १७ औं ओभरमा पेसर राहुल यादवलाई ल्याएको थियो । अर्को ओभरमा अर्का मध्यमगतिका बलर अभिषेक तिवारीले रोहितलाई आउट गरे । सामिम हुसेन १३ बलमा १ छक्का प्रहार गरी १३ रन बनाई राहुलको बलमा आउट भए । सन्दीप जोरा ४ बल खेली २ चौका प्रहार गरी ९ र रुबेन ट्रम्पलमन ८ बल खेली २ छक्का प्रहार गरी १५ रनमा आउट भए ।

जनकपुरबाट अफ स्पिनर विशाल सुस्लिङले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चेर २–२ विकेट लिए । कप्तान हरमितले ४ ओभरमा २५ र ललितले ४ ओभरमा ३१ रन खर्चेर १–१ विकेट लिए ।

कान्तिपुर

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई