कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो

काठमाडौँ —

प्लेअफ प्रवेशका लागि निर्णायक साबित हुन सक्ने खेलमा कर्णाली याक्सले कीर्तिपुरको टीयू मैदानमा सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको यो खेलको नतिजाले अंक तालिकाको शीर्ष स्थानमा रहने होडलाई दिशा दिनेछ ।

कर्णाली तीन खेलबाट चार अंकसहित तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिम पनि चारै अंकमा छैंटौं स्थानमा छ, तर उसले पाँच खेल खेलेको छ । दुवै टिमका लागि जितको अर्थ प्लेअफ पुग्नु नजिक हुनेछ भने हारको अर्थ हुनेछ, प्लेअफबाट टाढा ।

कर्णाली र सुदूरपश्चिमबीच अहिलेसम्म दुई खेल भएका छन् । ती दुवैमा सुदूरपश्चिम नै विजयी रहेको छ । पहिलो सिजन सुदूरपश्चिम ६ विकेटले विजयी रहेको थियो । यस्तै दोस्रो सिजनमा सुदूरपश्चिमको जितको अन्तर ४५ रन रहेको थियो ।

कान्तिपुर

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई