एमाले उपाध्यक्ष विष्णु पौडेलको : सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी

काठमाडौं  । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको छ।

विशेष अदालतले उनलाई सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि पौडेललाई पुल्चोक प्रहरी प्रभागको हिरासत कक्षमा राखिएको हो।

प्रहरी स्रोतका अनुसार प्रभागमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष रहेका छन्। हाल अन्य कुनै व्यक्ति हिरासतमा नरहेकाले पौडेल एक्लै हिरासतमा रहेका छन्। ‘अहिले अन्य हिरासतमा रहेका व्यक्ति नभएकाले उहाँ एक्लै हुनुहुन्छ,’ प्रहरी स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालय पनि पुल्चोकमै रहेकाले बयान तथा अनुसन्धानका अन्य प्रक्रियाका लागि आउजाउ गर्न सहज हुने भएकाले पौडेललाई सोही प्रभागमा राखिएको प्रहरी स्रोतको भनाइ छ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको विभागले जनाएको छ। अनुसन्धानका क्रममा आवश्यक बयान तथा प्रमाण संकलनको कार्य भइरहेको बताइएको छ । पौडेललाई बयानका लागि बुधबार सम्पत्ति सुद्धीकरण अनुसन्धान कार्यालयमा लगिएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई