अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

 

काठमाडौँ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु गरिएको छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सोमबार बिहान सम्पन्न भएको छ । चार दिनसम्म श्रद्धा, भक्ति र निष्ठापूर्वक मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी, तलाउ तथा जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

बिहानैदेखि छठघाटमा भक्तजनहरूको भीड लागेको थियो । व्रतालुहरूले सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका थिए ।छठ पर्वको पहिलो दिन नहाय–खाय विधिबाट सुरु हुने यस पर्वमा दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ ।

विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पनि उत्साहपूर्वक मनाउन थालिएको छ । यस पर्वले प्रकृति, जल र सूर्यप्रतिको आस्था तथा मानव जीवनमा स्वच्छता र अनुशासनको महत्त्वलाई उजागर गर्दछ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत समापन गरेका छन् । यससँगै आस्था, विश्वास र सामाजिक सद्भावको प्रतीक मानिने चारदिने छठ पर्व सम्पन्न भएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई