सुनको मूल्य घट्ने क्रम जारी, आजको बजार मूल्य सार्वजनिक

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिनमा सुनको मूल्य घटेर कारोबार हुँदै आएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई