रास्वपा सांसदको घोषणा : बालेन, रवि र म सँगै देखिएको फोटो पठाउनुस्, नगद जित्नुहोस्

तपाईं उदयपुरको हुनुहुन्छ र चुनावताका नेतासँग फोटो खिच्नुभएको थियो ? मोबाइलको ग्यालरीमा सुरक्षित छ भने अब त्यसबाट नगद पुरस्कार पनि जित्न सक्नुहुने भएको छ ।

उदयपुर–१ का सांसद पारसमणि गेलालले यस्तै प्रतियोगिताको घोषणा गरेका छन् । प्रतियोगिताका लागि गाउँको सुन्दर दृश्य वा जनजीवनका तस्वीर मागिएको होइन ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’, रास्वपा सभापति रवि लामिछाने, गेलाल स्वयं र उदयपुर–२ का सांसद सूर्य लामासँग निर्वाचनका क्रममा खिचिएका फोटो पठाउन आह्वान गरिएको हो ।

गेलालको सचिवालयले चलाउने भनिएको फेसबुकमार्फत सार्वजनिक सूचनामा लेखिएको छ, ‘अब खिच्ने मात्र होइन, नगद पुरस्कार पनि जित्ने !’

आह्वानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा खिचिएका फोटो वा भिडियो पठाउने प्रतियोगीमध्ये उत्कृष्ट तीन जनाले पैसा पाउनेछन् ।

Capture-1794895075.JPG

क्यामेरा वा मोबाइल, जुनसुकै उपकरणबाट खिचिएका सामग्री पठाउन सकिने उल्लेख छ । तर, सहभागीले सामग्री पठाएर मात्रै पुग्दैन । आफ्नो सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्ने भनिएको छ ।

पुरस्कार कति हो भन्ने थाहा पाउनचाहिँ अर्को भिडियो सन्देश कुर्नुपर्ने लेखिएको छ । पोस्टमा पटकपटक ‘आकर्षक नगद पुरस्कार’ भनिए पनि रकम खुलाइएको छैन । विजेता छान्ने आधार र निर्णायकबारे पनि त्यो पोस्टमा उल्लेख छैन । थप जानकारी छिट्टै भिडियोमार्फत दिने भनिएको छ ।

गेलालको यो पोस्टमुनि ठट्टा, व्यङ्ग्य र असन्तुष्टिपूर्ण प्रतिक्रिया आएका छन् । गेलाल गत निर्वाचनमा ३० हजार ५९० मत ल्याएर उदयपुर–१ बाट निर्वाचित रास्वपा सांसद हुन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई