लुम्बिनीको स्पष्ट नजर फाइनलमै

काठमाडौँ — लुम्बिनी लायन्सले लगातार दोस्रोपल्ट नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेकोमा कप्तान रोहित पौडलले प्रसन्नता देखाएका छन् । उनका अनुसार एक सिजनअघि जितेको उपाधि अहिले रक्षा गर्न सक्ने स्थितिमा पुग्नु खुसीको उपलब्धि हो ।

रोहितले आफ्नो टिमको सहज जितबारे भने, ‘टिमका सबै सदस्यले राम्रो खेलिरहेका छन् । सबै खेलाडीको योगदान उत्तिकै छ । अहिले टिम लयमा छ र हाम्रो नजर फाइनलमा छ ।’ उनले आफ्ना बलर रुबेन ट्रम्पलमेनको पनि प्रशंसा गरे र उनको प्रदर्शन निर्णायक हुने गरेको बताए ।

सुदूरपश्चिममाथि लुम्बिनीको यो लगातार तेस्रो जित हो । लुम्बिनी प्ले–अफमा अहिलेसम्म खेलेका तीनै खेलमा अपराजित रहेको छ । सुदूरपश्चिम भने प्लेअफमा पहिलोपटक पराजित भएको हो । यसअघि दुवै क्वालिफायर–वानमा सुदूरपश्चिम विजयी रहेको थियो ।

टीयू क्रिकेट मैदानमा जितका लागि १ सय ६ रनको लक्ष्य पाएको लुम्बिनीले चार विकेट गुमाएर १६.४ ओभरमा १ सय ८ रन बनाएको हो । यसमा निरोशन डिकवेलले प्रमुख भुमिका खेले । उनले ३७ बलमा ५९ रन बनाए र नटआउट रहे ।

उनले सात चौका र दुई छक्का प्रहार गरे । उनी नै खेलका ‘प्लेयर अफ द म्याच’ भए । डिकवेलले भने, ‘टिमको जितका लागि योगदान गर्न सकेकोमा खुसी छु । आजको जस्तो प्रदर्शनका लागि म पर्खिरहेको थिएँ । आजको जत्तिको निर्णायक खेलमै राम्रो खेल्न सकें ।’

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले खराब सुरुआतको सिकार हुँदै आठ विकेटमा १ सय ५ रन बनाएको हो । आठ रन मात्र बनाउँदा तीन विकेट गुमाएको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए ।

उनले ५१ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरे । खेलपछि दीपेन्द्रले भने, ‘किन यसरी पराजित रह्यो, भन्न सकिरहेको छैन । पावरप्लेमा लगातार विकेट गुमारहेको हुनाले दबाब बनेको छ । अबका खेलमा पावरप्लेमा राम्रो गर्नु नै पर्छ ।’

News Credit :E.kantipur

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई