काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले काठमाडौंको समग्र विकास र परिवर्तनका लागि आफूले मेयर पदमा प्रतिस्पर्धा गर्ने निर्णय लिएको जानकारी दिएकी हुन् ।

आफ्नो जीवन र कार्यक्षेत्रबाट हासिल गरेको क्षमता अब काठमाडौंको सेवामा लगाउने उनको भनाइ छ । ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

उनले कुनै दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्ने विषयमा भने विस्तृत खुलाएकी छैनन्।

गत आम निर्वाचनअघि उनले रास्वपा परित्याग गरेकी थिइन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई