विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियाे, आदेश आउन बाँकी

सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहस सकिएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भएको हो।

पौडेलको इजलासले केही बेरमा आदेश दिनेछ । रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रिहाइको आदेश माग गरिएको छ ।

पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ । र, विशेष अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई