लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण: सुशासन, पारदर्शिता र गुरुयोजना कार्यान्वयनमा जोड

रुपन्देही । लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे र कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले औपचारिक रूपमा पदबहाली गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै उपाध्यक्ष डोल्मा र सदस्य सचिव पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष आनी छोइङ डोल्माले आफू पद र प्रतिष्ठाका लागि नभई निःस्वार्थ सेवा गर्ने उद्देश्यले कोषमा आएको बताइन् । लुम्बिनीको विकास, स्थानीय बासिन्दा र समस्त प्राणीको हितमा समर्पित रहने उल्लेख गर्दै उनले सहकर्मीहरूसँगको सहकार्यमा क्षमताले भ्याएसम्म काम गर्ने बताइन् । कोषमा पहिलोपटक चार जना भिक्षु सदस्यका रूपमा रहनु अत्यन्तै सकारात्मक पक्ष भएको भन्दै उनले सामूहिक प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा राखिन् ।

त्यसैगरी, नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेले भ्रष्टाचाररहित प्रशासन, सुशासन र पारदर्शिता कोषको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे । दान, भेटी तथा सहयोगस्वरूप प्राप्त हुने रकमको पूर्ण पारदर्शी व्यवस्थापन गरिने उनको भनाइ थियो ।

लुम्बिनीमा देखिएको ठोस फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्दै पर्यटकले शान्ति र आध्यात्मिकताको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको पाण्डेले बताए । साथै, लुम्बिनीको पुरानो गुरुयोजना (मास्टर प्लान) लाई सम्पदा क्षेत्रको आवश्यकताअनुसार स्तरोन्नति गर्ने र अधुरा रहेका आयोजनाहरूलाई तीव्रता दिएर सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए ।

यसैबीच, नवनियुक्त पदाधिकारीहरूको पदबहाली कार्यक्रम चलिरहँदा लुम्बिनी विकास कोष परिसरको बाहिरी क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई