एनपीएलको दोस्रो क्वालिफायर आज: फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो निर्णायक खेल साँझ ५ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो । उता, चितवन राइनोजले भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई