जर्मन दूतावासले भन्याे– पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन

पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित विषयमा सार्वजनिक भएका केही समाचार गलत वा भ्रामक रहेको भन्दै जर्मनीले त्यसबारे आधिकारिक स्पष्टीकरण दिएको छ ।

काठमाडौंस्थित ‘जर्मन दूतावास’ले बुधबार एक सूचना जारी गर्दै पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको जनाएको छ ।

दूतावासले नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्यहरू गलत रहेको भन्दै तीन बुँदे स्पष्टीकरण सार्वजनिक गरेको हाे ।

दूतावासका अनुसार बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको हो, स्पष्टीकरण माग्दै बोलाइएको होइन । कूटनीतिक अभ्यासमा यी दुई विषयबीच स्पष्ट भिन्नता रहेको जर्मनीले जनाएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई