डेङ्गीविरुद्ध काठमाडौं महानगरको ‘लार्भा खोज र नष्ट गर’ अभियान

काठमाडौं । काठमाडौं महानगरपालिको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ । पछिल्लो समय डेंगीका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरणअन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ ।

उक्त अभियानका लागि महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघसंस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा निन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार महानगरले यस वर्षको बर्खायामको प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिमप्राप्त एक हजार ६५० जना जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायत संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिमप्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ ।

उनले भने, ‘डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्युदर घटाउने, डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी तथा प्रतिकार्य, नेतृत्व, बहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् ।’

मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कात्तिक, मङ्सिरमा उच्च संक्रमण देखिन्छ । अहिलेबाट नै प्रतिकार्य गर्न सकियो भने विगत वर्षको भन्दा यस वर्ष संक्रमणदर घटाउन सम्भव छ ।

डेंगी संक्रमण फैलाउने लामखुट्टे पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन ।

एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेंगी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा रूपमा ज्वरो आउने गर्दछ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई