सांसदका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा अध्यक्ष दाहालले संघ सरकारका मन्त्रीहरूलाई त्यस्तो निर्देश गरेका हुन् ।

‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशीक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,’ अध्यक्ष दाहालले बैठकमा निर्देश गर्दै भने ।

त्यसअघि आजकै बैठकमा  सांसदहरूले शून्य समयमा उठाएका जनताका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएका थिए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई