रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिपेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बुधबार नयाँ निर्वाचित केन्द्रीय समितिले शपथग्रहण गरिसकेपछि केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकले तीन वटा निर्णय गरेको छ । जसमा महाधिवेशन सम्पन्न गर्न गठित उपसमितिहरू तथा अरु सबैलाई धन्यवाद ज्ञापन गर्ने पहिलो निर्णय छ ।

यस्तै, पार्टीको विधानअनुसार पहिलो बैठकबाट निर्वाचन, लेखा र अनुशासन आयोग रिक्त हुन नहुने व्यवस्था अनुसार लेखा आयोगको पुरानो कमिटी विघटन गरी पुरानै टिमलाई जिम्मा दिने निर्णय भएको छ ।

यस्तै, रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई