दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा.शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै  विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

यसअघि विशेष अदालतले अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै साहलाई दोषी ठहर गरेको थियो भने सुशीलाकुमारी साहको नाममा भएको देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो । विशेष अदालतले २०७५ पुस मा उनीहरूलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्‍याएको थियो ।

उनले ६८ लाख २४ हजार रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।

विशेष अदालतको उक्त फैसलाउपर साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । साहले संस्थानको टेक्निकल अफिसर पददेखि प्रबन्धक पदसम्म बहाल रहँदा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियारले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

साहले पदमा रहँदा झन्डै दुई करोड ३८ लाख ६८ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको थियो । ‘साहले पेस गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन १ करोड ४४ लाख ९७ हजार १ सय ३४ रुपैयाँ छ,’ अख्तियारले गरेको अभियोग पत्रमा भनिएको छ ‘आम्दानीको तुलनामा खर्च वा लगानी गरेको रकम ३ करोड ८३ लाख ६५ हजार १ सय ६४ रुपैयाँ छ ।’ प्रबन्ध निर्देशक साहले पेस गरेको सम्पत्ति विवरण, आम्दानी र उनको हालको सम्पत्तिको विवरणबिच तालमेल नदेखिएको अभियोग पत्रमा उल्लेख थियो ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई