श्रम संस्कृति पार्टीका नेता ठाकुर निलम्बित

श्रम संस्कृति पार्टीले मधेश प्रदेशका नेता दीपक जंग ठाकुरलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले नेता ठाकुरलाई निलम्बन गरेकाे जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् ।

पार्टीको नीति तथा सिद्धान्तविपरीत विभिन्न सामाजिक समस्या सिर्जना हुने गतिविधिमा संलग्न रहेको ठहर गर्दै ठाकुरलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गरिएको पार्टीले जनाएकाे छ ।

अध्यक्ष साम्पाङले अर्को सूचना जारी नभएसम्म ठाकुरसँग पार्टीसम्बन्धी कुनै पनि गतिविधि नगर्न तथा नगराउन पार्टी पंक्ति र सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई