जब सांसदले अख्तियार कार्यालय पुगेर अनुसन्धानका फाइल देखाउन भने…

बिहीबार एउटा भिडियो चर्चाको विषय बन्यो । जहाँ प्रतिनिधिसभाका केही सांसद सुनसरीकाे इटहरीस्थित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय पुगेर अनुसन्धान भइरहेको फाइल हेर्न दबाब दिइरहेको देखिन्छ । भिडियोमा अख्तियारका अधिकारीहरू र सांसदबीच सवालजवाफ भएको प्रस्ट देखिएको छ ।

उक्त भिडियो सार्वजनिक चासोको विषय बनिरहेको छ भने, धेरैले टीकाटिप्पणीसमेत गरेका छन् । हामीले उक्त भिडियोबारे इटहरीस्थित अख्तियार कार्यालयका प्रमुखलाई सोधेका छौँ । खासमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरू अनुसन्धानका क्रममा अख्तियार कार्यालय पुगेका थिए ।

त्यहाँ अख्तियारका कामकारबाही र लामो समयदेखि अनुसन्धानरत फाइलको विषयमा चर्चा भएको थियो । कार्यालय प्रमुख सहसचिव यज्ञ पुरीले प्रगति विवरणबारे छोटो प्रस्तुति गरेका थिए । सोही प्रस्तुतिका आधारमा लामो समयदेखि अनुसन्धान भइरहेका मुद्दाका बारेमा सांसदहरूले प्रश्न उठाएका थिए ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपाने फाइल हेर्न मागेको भिडियोमा देखिन्छ । उनी मोरङ–१ बाट निर्वाचित सांसद हुन् । उनीसँगै सांसदहरू युवराज दुलाल, गजला शमीम मिकरानी, विष्णुमाया विक पनि टोलीमा थिए । दुलाल नेकपा र विक एमाले सांसद हुन् ।

मिकरानी भने रास्वपा सांसद हुन् । अख्तियारका कर्मचारीले अनुसन्धान भइरहेको विषयको संवेदनशीलता, कानुनी अड्चन र व्यवहारिक पाटोको बारेमा भनेपछि सांसदहरूले फाइल हेर्न गरेको अनुरोध रोकिएको इटहरीस्थित अख्तियार कार्यालयका प्रमुख पुरीले शिलापत्रलाई जानकारी दिए ।

उनले कुराकानी हुँदै गर्दाको भिडियो मात्रै सार्वजनिक भएको तर, निष्कर्षको भिडियो नदेखिएको हुँदा अलिक बढी सवालजवाफ गरेको जस्तो देखिएको बताए ।

पुरीले सांसदहरूले अनुसन्धानका फाइल हेर्न मागेको स्वीकारेका छन् । तर, पछि सांसदहरूले कुरा बुझेको उनले जानकारी दिए । ‘उहाँहरूलाई अनुसन्धानमा रहेका फाइलहरूको बारेमा समस्या र तीनको बारेमा भनियो । के कति कारणले लम्बिएको हो हेरौँ भन्नुभयो,’ पुरीले भने ‘हामीले हेर्न मिल्दैन, अनुसन्धानका फाइलहरूको गोपनीयता हुन्छ भने पछि उहाँहरूले कुरा बुझ्नुभयो ।’

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई