आज सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले शुक्रवार जारी गरेको सूचनाअनुसार उक्त प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न बिहान साढे १० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने अभिमुखीकरण कार्यक्रममा रास्वपाका सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

रास्वपाले सांसदहरूले बैठकपछि आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग्न सकिने, संसद्मा उठाउने विषयवस्तु प्रणालीमै पहिले अद्यावधिक गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटलगायत गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

पार्टीका अनुसार नागरिकले पनि आफ्नो निर्वाचन क्षेत्रका सांसदसँग यही प्रणालीमार्फत गुनासा वा सुझाव राख्न सक्नेछन् । ती गुनासोको ट्र्याकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने व्यवस्था प्रणालीमा समावेश गरिएको छ ।

यसका साथै सांसदहरूलाई साइबर सुरक्षासम्बन्धी सचेतना पनि प्रदान गरिने छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई