काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिनको उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ ।
सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।
‘सरकार गठन भएको असार २० गते शनिबार १०० दिन पुग्छ । त्यही दिन सरकारका कार्यप्रगतिहरु सार्वजनिक गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन् ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो ।


