मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आजदेखि आपूर्ति बन्द

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको खानेपानी आपूर्ति शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।

‘वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ,’ उनले भने ।

निरन्तर वर्षा भएमा काठमाडौंमा जल आपूर्ति गर्न केही समय लाग्ने उनकाे भनाइ छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्को बैठक आज बेलुकी ५

जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् उनलाई जलेश्वर कारागार पठाइएको

काठमाडौँ। सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाइ तथा